Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डमा चाउचाउ किन्न झरेका बसका सहचालक चिप्लिएर खहरेखोलामा खस्दा बेपत्ता

मुग्लिन–नारायणगढ सडकखण्डमा चाउचाउ किन्न झरेका बसका सहचालक चिप्लिएर खहरेखोलामा खस्दा बेपत्ता

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
मुग्लिन–नारायणगढ सडकखण्डमा चाउचाउ किन्न झरेका बसका सहचालक चिप्लिएर खहरेखोलामा खस्दा बेपत्ता
images

मुग्लिन, ५ असार  । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ५ खहरेखोलामा चिप्लिएर खस्दा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान २ बजे काठमाडौँबाट धनगढी जादैँ गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक कैलालीको गोदावरी नगरपालिकाका ३४ बर्षिय तेज बहादुर बोहोरा बेपत्ता भएका हुन् ।

चाउचाउ किन्न भनी ओर्लने क्रममा बसको ढोकाबाट चिप्लिएर खरहेखोलामा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । बोहोराले लगाएको चप्पल केही तल भेटिएको र अहिले खोजतलास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

अहिले खोजतलास तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारसंग समन्वय भइरहेको उहाँको भनाई छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:०९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology