जर्मनी, फ्रान्स, इटली र रोमानियाका नेताहरूयुक्रेनको राजधानी किभ पुगेका छन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रो, जर्मनीका चान्सलर ओलाफ सोल्ज, इटलीका प्रधानमन्त्री मारिओ ड्रागी र रुमेनियाका राष्ट्रपति क्लाउस यो हानिस किभ पुग्नुभएको हो ।
हिजो युक्रेन पुगेका चार नेताले राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन् । भेटपछि संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरूले युरोपेली संघ (ईयू)मा प्रवेश गर्ने युक्रेनको प्रस्तावको समर्थन गर्ने र युक्रेनलाई तत्कालै ईयूको सदस्यता दिनुपर्ने बताएका छन् ।
ठूला नेताहरू युक्रेन पुगेपछि रुसले भने असन्तुष्टि जनाएको छ ।