Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार

६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार

images

एजेन्सी

३१, जेठ २०७९
६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार
images

जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ । 

युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६१० जना दुर्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ । यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन् । उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन् ।

रिपोर्टअनुसार १९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौन दुर्व्यवहारका घटना गराएका थिए ।  संलग्न पाँच प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए । उनीहरूले  दश भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए । दश प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए ।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १६:२८:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology