काठमाडौं, ३० जेठ । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।
बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् ।
१२३१/२०७९/२/३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी –४ चलचित्रको मुल कथावस्तु र प्रस्तुतीका दश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्ष वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानि नोक्सानी पु¥याइ अपहेलित गर्ने साथै सामाजिक सु-सम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’
यसअघि तत्काल सो फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।



