Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु

आजदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु

एजेन्सी

२९, मंसिर २०७७
आजदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु
images

 काठमाण्डौं, २९ मंसिर । 
आजदेखि अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ।
कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो।
पहिलो दिन विभिन्न राज्यका १४५ स्थानमा खोप लगाउने व्यवस्था मिलाइएको छ । भोली (मंगलबार) ४२५ स्थानमा खोप दिइने बताइएको छ ।
अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान शुरु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
पहिलो चरणमा ३० लाख नागरिकलाई खोप दिइनेछ । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास गरिएको छ । अमेरिकामा ३३ करोड जनसंख्या छ ।
फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म १ करोड ६७ लाख भन्दा बढी संक्रमित भएका छन् ।
संक्रमितमध्ये ३ लाखभन्दा भन्दा धेरैको मृत्यु भई सकेको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०९:२२:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology