साउदी अरबको नेतृत्वमा रहेको तेल उत्पादक समूह ओपेक प्लसले तेल उत्पादन बढाउने निर्णय गरेको छ । विश्व समुदायको दबाबका कारण ओपेक प्लसले ५० प्रतिशतले तेल उत्पादन बढाउने निर्णय गरेको हो । समाचार संस्था रोयटर्सका अनुसार ओपेकले आउने जुलाई र अगस्ट महिनासम्म ६ लाख ४८ हजार ब्यारेल प्रति दिनसम्म उत्पादन गर्नेछ । विश्वभर इन्धनको आपूर्ति गर्नका लागि ओपेकले अङ्गोला, नाइजेरिया र रूसलाई पनि तेल उत्पादन बढाउन ओपेकले आग्रह गरेको छ ।