Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

images

एजेन्सी

२१, जेठ २०७९
पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा
images

पाकिस्तानको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । 

दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ ।
पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ । 

टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।

समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको  छ । 

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०८:२४:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology