Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

युक्रेन विश्वकप नजिक

युक्रेन विश्वकप नजिक

एजेन्सी

१९, जेठ २०७९
युक्रेन विश्वकप नजिक

स्कटल्यान्डलाई ३–१ ले हराउँदै युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।

images

स्कटल्यान्डको हाम्पडेन पार्कमा युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए ।

यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।

कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर माहादेशीय छनोटबाट अब वेल्स र युक्रेन, अष्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - ०९:४६:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology