Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

images

एजेन्सी

१८, जेठ २०७९
युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद
images

रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । 

‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ । 

२४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो सम्पूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रमा रुसी फौज बढिरहेको छ । 

युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि अबद्ध भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन् । तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन् ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - ०७:३३:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology