Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'तिम्रो माया'मा थानेश्वर र सलिनाको अनस्क्रिन प्रेम ( भिडियो ) 

'तिम्रो माया'मा थानेश्वर र सलिनाको अनस्क्रिन प्रेम ( भिडियो ) 

इच्छाकामना न्युज

१७, जेठ २०७९
'तिम्रो माया'मा थानेश्वर र सलिनाको अनस्क्रिन प्रेम ( भिडियो ) 
images
अमेरिकामा रहेका गजलकार रमेश लुइँटेलको शब्दमा समावेश गजल 'तिम्रो मायामा'को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीत सुन्न सकिन्छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि  बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्।  राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ।  भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो 'नेपाली मेलोडिज' नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो। यसअघि गजलकार लुइँटेलको शब्दमा 'तिम्रो साथ', 'इलामे बजार' बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।  

भिडियो लिंक:

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २१:४८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology