Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा शहिद लखन ८ रातमाटेका दुई बालबालिकाको बालगृहद्वारा उद्धार

गोरखा शहिद लखन ८ रातमाटेका दुई बालबालिकाको बालगृहद्वारा उद्धार

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
गोरखा शहिद लखन ८ रातमाटेका दुई बालबालिकाको बालगृहद्वारा उद्धार
images

गोरखा, १७ जेठ । शहीदलखन गाउँपालिका– ८ रातमाटेका दुई बालबालिकालाई उद्धार गरिएको छ । वेवारिसे अवस्थामा रहेको उनीहरुलाई नमस्ते परियोजना बालगृहले उद्धार गरेको हो ।

नौ वर्षीय रश्मि ढकाल र आठ वर्षीय आशिक ढकालको उद्धार गरी बाल गृहलाई जिम्मा लगाइएको रामेश्वरी माविका प्रधानाध्यापक जीवन अम्गाईले बताए । आमाले सानै छोडेर गएको उनीहरु बुवा डिलबहादुर ढकालसँग बस्दै आएका थिए ।

उनीहरु बुवा पनि मनस्थिति भएको र मानसिक रोगी भएका कारण बालबालिकाको संरक्षण गर्न नसकेकाले बालगृहलाई जिम्मेवारी दिएको अम्गाईले बताए ।

उनीहरु चारैतिर जस्ताले बारिएको झुप्रो घरमा बस्दै आएका थिए । बालबालिकाको अवस्था नाजुक हुदै गएपछि बालगृहलाई जिम्मा लगाएको हो ।

गत जेठ ६ गते उनीहरुलाई बालगृहको जिम्मा लगाएको उनले जानकारी दिए । गोरखा नगरपालिकास्थित १० किलोमा रहेको वालगृहमा जिम्मा लगाएको हो ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २०:२१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology