आँबुखैरेनी, १४ जेठ । तनहुँ आँबुखैरेनी गाउँपालिका निवासी दिया श्रेष्ठको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले अभिनय गरेको पहिलो डेब्यु भिडियो ‘बर्को बेरेर...’आज सार्वजनिक भएको हो।
महेश काफ्लेको शब्द, संगीत र रचना रिमालको स्वर रहेको गीतमा श्रेष्ठको अभिनय रहेको छ । श्रेष्ठ मिस एसइई २०१८ की बिजेता पनि हुन्।