मुग्लिन, १४ जेठ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा गुडिहेको हायस बस र कार माथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गैरहेको ग १ ख ९९०९ नं.को यात्रुवाहक हायस बस र प्रदेश ३ ०१ ०२३ च ०५३५ नं. को कार माथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।
यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन भने केहि सामान्य घाईते भएका प्रहरीले जानकारी दिएको छ । यस्तै गाडीमा भने क्षति पुगेको छ । बिहान ३ नं. पुलमा दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना हुदाँ बिहानै देखि लामो जाम रहेको उक्त सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।
यतिबेला पहिरो हटाएर पुरिएको गाडी निकाल्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।