Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन नजिकै ३ नं. पुलमा दुई ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाईते, राजमार्ग एकतर्फी संचालन

मुग्लिन नजिकै ३ नं. पुलमा दुई ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाईते, राजमार्ग एकतर्फी संचालन

images

इच्छाकामना न्युज

१४, जेठ २०७९
मुग्लिन नजिकै ३ नं. पुलमा दुई ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाईते, राजमार्ग एकतर्फी संचालन
images

मुग्लिन, १४ जेठ । नारायणगढ–मुग्लिन सडकमा दुई वटा ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तिन नम्बर पुलमा मुग्लिनबाट नारायणगढ तर्फ गईरहेको ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आई रहेको लु २ ख ५६५४ नम्बरको ट्रक विहान ५:५५ बजे ट्रक एक आपसमा ठक्कर खांदा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापाको बुद्धशान्ती ३ बस्ने बर्ष ४० को मनोज धिमाल घाइते भएका हुन् ।

उनको को खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

दुबै ट्रक घटना स्थलमा नै रहेको कारण बाटो एक तर्फी सुचारु रहेको प्रहरीले जनाएको छ । लु २ ख ५६५४ नम्बरको ट्रक चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ । अहिले क्रेनको साह्यताबाट सडकबाट ट्रकलाई निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - ०८:४४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology