विश्व बैंकका प्रमुख डेभिड मालपासलेरुस र युक्रेनबीचको युद्धले विश्वभर मन्दी छाउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले हाल खाद्यान्न, ऊर्जा र रासायनिक मलको मूल्यमा उच्च वृद्धि भइरहेकोतर्फ सङ्केत गर्दै विश्व मन्दीतर्फ जाने चेतावनी दिनुभयो ।
मालपासले हालको अवस्थामा मन्दीबाट बच्न सकिने अवस्था कठिन देखिएको पनि बताउनु भयो । गत महिनामात्र विश्व बैंकले आफ्नो ग्लोबल आर्थिक बृद्धिको प्रक्षेपणमा कटौती गर्दै ३.२ प्रतिशतमा सीमित हुने बताइसकेको छ।
मालपासका अनुसार धेरै युरोपेली देशहरू अझै पनि पेट्रोलियम पदार्थ र ग्यासका लागि रूससँगै निर्भर छन् । तर हालको अवस्थालाई हेर्दा रूसले आफ्नो ग्यास आपूर्तिको माध्यमलाई रोकेपछि त्यस क्षेत्रमा मन्दीको अवस्था सिर्जना हुने वातावरण तयार भइसकेको उहाँको भनाइ छ। उहाँका अनुसार जर्मनीमा ऊर्जाको मूल्य अधिक बढ्न थालेको छ, जुन युरोपकै ठूलो र विश्वको चौथो ठूलो अर्थतन्त्र मानिन्छ ।
हाल धेरै पश्चिमा देशहरुले रुसी उर्जामाथिको निर्भरतालाई कम गर्ने योजनाहरु समेत बनाइरहेका छन् । यस्तै विकासशील देशहरुपनि इन्धन, खाद्यान्न र रसायनिक मलको अभाव खेपिरहेका छन् ।