Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युरोपेली मुलुकहरूमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै 

युरोपेली मुलुकहरूमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै 

images

एजेन्सी

१३, जेठ २०७९
युरोपेली मुलुकहरूमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै 
images

पछिल्लो समय युरोपेली मुलुकहरूमा मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएको छ । यूरोपेली स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्सफैलिएका मुलुकहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ ।

मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरीरमा बिमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् । अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाईसङ्क्रमण देखिएको छ । 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ०९:०९:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology