Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतको बिहारमा ५ दिनमा १३ जनाको विषाक्त मदिरा सेवनका कारण मृत्यु 

भारतको बिहारमा ५ दिनमा १३ जनाको विषाक्त मदिरा सेवनका कारण मृत्यु 

images

एजेन्सी

१२, जेठ २०७९
भारतको बिहारमा ५ दिनमा १३ जनाको विषाक्त मदिरा सेवनका कारण मृत्यु 
images

भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको छ। उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने बताउनुभयो । तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको उहाँको भनाइ छ ।

मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन सङ्ख्या भने बताइएको छैन । धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ।

यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई जानकारी पठाएको छ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १८:४२:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology