Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजस्थानलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा 

राजस्थानलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा 

images

एजेन्सी

११, जेठ २०७९
राजस्थानलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा 
images

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ । हिजो राती भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै फाइनलमा स्थान पक्का गरेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।

अब राजस्थान रोयल्सले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच आज हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०९:५१:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology