चीनले ग्रामीण क्षेत्रका जनताको जीविकोपार्जन सुधार गर्न र देशको ग्रामीण पुनरोत्थान अभियानलाई सहज बनाउन कार्ययोजना जारी गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय र राज्य परिषद्को कार्यालयले संयुक्त रूपमा जारी गरेको दस्तावेज अनुसार सन् २०२५ सम्ममा ग्रामीण निर्माणमा ठोस प्रगति गरिनुपर्ने र ग्रामीण जीवनको वातावरणमा निरन्तर सुधार देखिनुपर्ने उल्लेख छ ।
चीनले प्रत्येक गाउँ र घरपरिवारको ग्रामीण पूर्वाधारमा पहुँच सुनिश्चित गर्ने, आधारभूत सार्वजनिक सेवाहरूमा स्थिर प्रगति र ग्रामीण क्षेत्रहरूमा साँस्कृतिक र नैतिक प्रगतिको प्रवद्र्धनमा ठोस नतिजाहरू सुनिश्चित गर्न सकारात्मक प्रगतिको अपेक्षा गरिएको जनाएको छ ।