Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारी कार्यालयका कर्मचारी तोकिएको समयमा अनुपस्थित 

सरकारी कार्यालयका कर्मचारी तोकिएको समयमा अनुपस्थित 

इच्छाकामना न्युज

११, जेठ २०७९
सरकारी कार्यालयका कर्मचारी तोकिएको समयमा अनुपस्थित 
images

राजेश जीसी, प्यूठान, ११ जेठ । २ दिन बिदा हुने भएपछि बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने भनिएपनि प्युठानमा कार्यान्वयन भएको छैन । बढाइएको कार्यालय समयमा जिल्लाका सरकारी कार्यालयमा कर्मचारी भेटिदैनन् ।

images
images

बिहान साढे ९ बजे कार्यालयमा उपस्थित हुनुपर्ने भनेपनि सरकारी कर्मचारी ढिलो गरी मात्रै उपस्थित हुने गरेका छन् । साढे ९ बजे नापी तथा मालपोत कार्यालयमा कर्मचारीहरू उपस्थित भएका थिएनन् ।

कार्यालयमा सेवाग्राही नै ढिलो आउने हुदाँ आफूहरू छिटो नआएको सरकारी कर्मचारीको भनाइ छ । सरकारले अध्ययन नगरी निर्णय गरेको पनि उनीहरूको दावी छ ।  

सेवाग्राहीले भने सरकारले हप्तामा २ दिन बिदा दिँदा सेवा लिन समस्या हुने गरेको बताएका छन् । शुक्रबार काम सकिएन भने सोमबार सम्म कुर्नुपर्ने बाध्यता रहेको छ । सरकारको नियम कार्यान्वयन गर्ने निकायले नै नियमको उल्लङ्घन गर्दा सेवाग्राही थप मारमा पर्ने गरेका छन् ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०९:४३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology