Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

images

एजेन्सी

११, जेठ २०७९
अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु
images

अमेरीका स्थित टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो ( यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०९:०८:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology