Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा शहिद लखनको अध्यक्ष मगरले गरे पदभार ग्रहण : घर–घरमा नम्बर राख्ने र सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्‍याइदिने पहिलो निर्णय

गोरखा शहिद लखनको अध्यक्ष मगरले गरे पदभार ग्रहण : घर–घरमा नम्बर राख्ने र सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्‍याइदिने पहिलो निर्णय

images
गोरखा शहिद लखनको अध्यक्ष मगरले गरे पदभार ग्रहण : घर–घरमा नम्बर राख्ने र सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्‍याइदिने पहिलो निर्णय
images

गोरखाको शहिद लखन गाउँपालिकाका सबै घरको नम्वर राखिने भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज सोमवार पदभार ग्रहण गर्दै पालिका भरका घरमा नम्वर राख्ने निर्णय गर्नुभएको हो । पालिकामा करीव ८ हजार घरधुरी रहेका छन् । साथै सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्याइदिने निर्णय गर्नुभएको छ।

282817262_342104871355632_5938569438711321105_n-1536x1024.jpg

पहिलो चरणमा मनकामना वजार क्षेत्रका घरको नम्वर राख्ने अध्यक्ष थापामगरले जानकारी दिनुभयो । सबै घरमा घर नम्वर राखेपछि ब्यक्ति पहिचान गर्न र सेवा प्रवाहलाई ब्यवस्थित गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । पदभार ग्रहणसँग अध्यक्ष थापामगरले पालिकाको टोल वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पनि निर्णय गर्नुभएको छ । अहिले सामाजिक सुरक्षा भत्ताका लागि घैरुङस्थित बैङ्कमा आउनु पर्ने वाध्यता रहेको छ ।

jeewan-1536x1024.jpg

लाभग्राहीको घरघरमै पु¥याउन नसके पनि अब भने सबैलाई पायक पर्ने स्थान छनौट गरि टोल वस्तीमै पुगेर भत्ता वितरण गर्ने उहाँले जानकारी दिनुभयो । यसका लागि बैङ्कसँग समन्वयको पहल शुरु भैसकेको उहाँको भनाई छ । जेठ ६ गते मुख्य निर्वाचन अधिकृतसँग पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएका अध्यक्ष थापामगरले आज पदभार ग्रहण गर्नुभएको हो ।

jee-1536x1024.jpg

उहाँले पालिकाका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । शहिद लखन गाऊँपालिकाको अध्यक्षमा थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - २२:५३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology