Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने राष्ट्रसङ्घको चेतावनी

रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने राष्ट्रसङ्घको चेतावनी

images

एजेन्सी

५, जेठ २०७९
रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने राष्ट्रसङ्घको चेतावनी
images

संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने चेतावनी दिएको छ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताउनुभएको छ ।

न्यूयोर्कमा भएको राष्ट्रसंघीय शिखर बैठकलाई सम्बोधन गर्दै उहाँले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्याउन नसकिए विश्वले वर्षौसम्म भोकमरीको सामना गर्नुपर्ने अवस्था आउँनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । युद्धका कारण युक्रेनी बन्दरगाहहरूबाट विश्वमा ठूलो मात्रामा गहुँ, मकै र सूर्यमुखी तेल लगायतका वस्तुको निर्यात रोकिन पुगेको छ।

रुसले अतिक्रमण गर्नु अगाडि युक्रेनले विश्वलाई १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै र आफ्नो उत्पादनको आधाभन्दा बढी सूर्यमुखी तेल निर्यात गर्ने गरेको थियो । युक्रेनबाट निर्यात रोकिँदा विश्वव्यापी आपूर्तिमा कमी आउनुका साथै वस्तुहरूको भाउ अकासिएको छ।राष्ट्रसङ्घका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष खानेकुराको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि भएको छ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:२८:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology