गोरखा, १ जेठ । गोरखाको गण्डकी गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार तोपमान गुरुङ विजयी भएका छन् ।
उनले ७ सय १७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमन गुरुङले ५ सय २२ मत ल्याएका छन् ।
चार वटै वडा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
महिला सदस्यमा शान्ति श्रेष्ठ, दलित महिला सदस्यमा सुनिता सुनार र सदस्यहरुमा इन्द्र बहादुर पुलामी र कमानसिं चेपाङ विजयी भएको जनाएको छ ।







