कुरिनटार, ३१ बैशाख । चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वारहरुले गठबन्धनका उम्मेद्वारहरुसँग मतान्तर बढाउदै लगेको छ ।
वडा नं. १ को ६ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले २९४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले २६० मत प्राप्त गरेको छ। जसअनुसार २ सय मत गन्दा १४ मतको मतान्तर रहेकोमा ६ सय मत गन्दा २४ मतको मतान्तर हुन पुगेको छ।
यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले २९२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले २६५ मत पाएका छन् । जस अनुसार २ सय मत गन्दा १४ मतको मतान्तर रहेकोमा ६ सय मत गन्दा उपाध्यक्षमा २७ मतको मतान्तर हुन पुगेको छ ।
वडाध्यक्षमा पनि एमालेका नन्दलाल गिरिले २९१ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले २७६ मत पाएका छन्। जसअनुसार २ सय मत गन्दा १० मतको मतान्तर रहेकोमा ६ सय मत गन्दा वडाध्यक्षमा १५ मतको मतान्तर हुन पुगेको छ।
यसैबिच ६ सय मत गन्दासम्म गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएका नेपाल मजदुर किसान पार्टीका पदम बहादुर थापा र स्वतन्त्र उम्मेद्वार बिक्रम श्रेष्ठले शुन्य मत पाएका छन्।