Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा मतगणना भोलीबाट सुरु हुने

तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा मतगणना भोलीबाट सुरु हुने

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा मतगणना भोलीबाट सुरु हुने
images

आँबुखैरेनी, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकामा भोलीदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाई हुने भएकोले भोली बिहानबाट मात्र मतगणना सुरु गरिने त्यहाँको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

आँबुखैरेनी गाउँपालिकाको मतगणना भोली बिहान ८ बजे सर्वदलिय बेठक बसेर सुरु गरिने निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिएको छ भने गोरखाको गण्डकी गाउँपालिकामा भने भोली बिहान ६ः३० बजे सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - २१:४३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology