कुरिनटार, ३० वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन कार्यालय इच्छाकामनाले दिएको जानकारी अनुसार आज सम्पन्न मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो।
इच्छाकामनामा आसन्न स्थानीय तह निर्वाचनमा करिब ७६.६८ प्रतिशत मत खसेको छ। १५ हजार ६ सय ४३ मतदाता रहेको इच्छाकामनामा ११ हजार ९ सय ९६ मत खसेको गाउँपालिकाका निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।
गाउँपालिकाको वडा नं. १ मा १ हजार ३ सय २६ मत, वडा नं. २ मा १ हजार ३ सय ३८ मत, वडा नं. ३ मा १ हजार ८ सय ६९ मत, वडा नं. ४ मा १ हजार ७ सय ७८ मत, वडा नं. ५ मा १ हजार ६ सय ३७ मत, वडा नं. ६ मा १ हजार ६ सय ११ मत र वडा नं. ७ मा २ हजार ४ सय ३७ मत खसेको छ ।
अहिले मतदान केन्द्रहरुबाट मतगणनास्थलसमम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु गरिने निर्वाचन अधिकृत आचार्यले जानकारी दिए।