कुरिनटार, ३० वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा स्थानीय तह निर्वाचन अन्तर्गत आज भैरहेको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। इच्छाकामनामा मतदानको क्रममा काहीकतै त्यस्तो कुनै बाधाअवरोधहरु नभएको निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।
निर्वाचन अधिकृत आचार्यका अनुसार अहिलेसम्म इच्छाकामनामा औसतमा २५ प्रतिशत भन्दा बढिले मतदान गरिसकेको छ ।
तस्विर सौजन्य : दान बहादुर गुरुङ