इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । गयराति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराउँदै जित हात पारेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । जितसँगै लिभरपुल ३३ खेलमा ७९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने एभर्टन ३२ खेलमा २९ अङ्क जोडेर १८ औं स्थानमा रहेको छ । हिजै भएको अर्को खेलमाचेल्सीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । गयराति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै चेल्सीले जित हात पारेको हो ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९० औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।जितसँगै ३२ खेलमा ६५ अङ्क जोडेर चेल्सी तेस्रो स्थानमा रहेको छ भने वेस्ट ह्याम ५२ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । हिजोकै अर्को खेलमा बर्नलीले उल्भ्सलाई १–० ले हराएको छ भने ब्राइटन र साउथह्याम्पटनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।