Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामनाको मायाटारमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरमा विविध सांस्कृति कार्यक्रम सहित भव्य मेला लाग्ने

इच्छाकामनाको मायाटारमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरमा विविध सांस्कृति कार्यक्रम सहित भव्य मेला लाग्ने

images

इच्छाकामना न्युज

१, बैशाख २०७९
इच्छाकामनाको मायाटारमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरमा विविध सांस्कृति कार्यक्रम सहित भव्य मेला लाग्ने
images

मायाटार, १ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका २ मायाटार पन्थचुलिमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरको प्रांगणमा यस बर्ष पनि विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने भएको छ । चितवनको साविक (काउले गाविस) वडा न ८ हाल इच्छाकामना गाउँपालिका वडा न. २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बैशाख २ र ३ गते विशेष पुजाआजा सहित विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

मेला बैशाख २ गते साँझ देखि ३ गते सम्म दुई दिन लाग्ने मन्दिर संरक्षण समितिले जनाएको छ । हरेको बर्ष चैते दशैं पछिको पूर्णीमाको दिन लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न आउने गर्छन् । सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेको छ । पछिल्लो समय शक्तिखोर–फिस्लिङ ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिरसम्म पुग्न सकिन्छ ।

धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम एेतिहासिक उपर्दाङगढी हुदैँ जान सकिन्छ । मेलाको लागि सम्पुर्ण तयारी पूरा भएको मन्दिर संरक्षण समितिका सचिव सुरेस गुरुङले जानकारी दिए।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:४२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology