Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै 

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै 

images

एजेन्सी

२६, चैत्र २०७८
पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै 
images

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ ।प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गर्ने आदेश दिएपछि आज मतदात हुन लागेको हो । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ ।

जसमा विपक्षी दलका सासंदको सङ्ख्या १ सय ९९ रहेको छ ।अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदले हस्ताक्षर गरेका थिए । सन् २०१८ मा सत्ता सम्हालेपछि खानले यस्तो चुनौती सामना गर्दै आउनुभएको छ ।

खानको विरुद्ध गठबन्धनमा उहाँलाई समर्थन गरेका केही दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरको खण्डमा खान पदमुक्त हुनुहुनेछ । ३ सय ४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यक पर्छ । तर, विपक्षीले त्यो भन्दा बढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ०९:५३:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology