Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामनाको स्याक्लाङमा सामुदायीक स्वास्थ्य इकाई भवनको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन

इच्छाकामनाको स्याक्लाङमा सामुदायीक स्वास्थ्य इकाई भवनको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२५, चैत्र २०७८
इच्छाकामनाको स्याक्लाङमा सामुदायीक स्वास्थ्य इकाई भवनको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन
images

मुग्लिन, २५ चैत । चितवनको इच्छाकामना गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । वडानम्वर ४ को लामिडाँडा स्याक्लाङमा तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो । 

सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिए ।

भवनको उद्घाटन र सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आफ्नो क्षेत्रका जनताले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुन नपर्नेगरी सेवा सुरु भएको बताए । भवन नहुँदा सेवा समेत प्रभावकारी नहुने भन्दै गाउँपालिकाले ३० लाख बजेट दिएर गत आर्थिक वर्षबाट निर्माण कार्यको थालनी गरिएको गुरुङको भनाई छ । स्थानीय जनताका लागि नजिकको सरकार नै स्थानीय सरकार भएकाले स्वास्थ्य, शिक्षा,कृषि पर्यटन लगायतको क्षेत्रमा गाउँपालिकाले विशेष चासो दिएर काम गरिरहेको उनले बताए ।

278052823_1757557874439873_7849648780074390959_n.jpg

यहाँबाट चेपाङ, गुरुङ, मगर, दलित समुदायले स्वास्थ्य सेवा पाउन सहज भएको गुरुङले बताए । आवश्यकता अनुसार निकट भविष्यमा ल्यावको समेत सेवा दिने तयारीमा गाउँपालिका रहेको उनले बताए । तीन कोठाको सो भवनको थप एक तला निर्माण गरिने उनको भनाई छ ।

कार्यवाहक वडाअध्यक्ष मुक्तिनाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।

278080654_1757571147771879_8811847853112352788_n.jpg

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०८:००:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology