Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव खारेजको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुँदै 

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव खारेजको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुँदै 

एजेन्सी

२४, चैत्र २०७८
पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव खारेजको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुँदै 
images

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि परेको रिटमा आज सुनुवाइ हुने भएको छ । पाकिस्तानको सर्वोच्च अदालतमा राष्ट्रिय संसदमा अविश्वासको प्रस्ताव खारेज गरिएको विषयमा स्थानीय समय अनुसार बिहान साढे ९ बजेबाट सुनुवाइ सुरु हुने बताइएको छ ।

images
images

यसअघि अस्ति ३ अप्रिलमा इमरान खान सरकारविरुद्ध विपक्षले ल्याएको अविश्वास प्रस्तावलाई उप सभामुखले खारेज गरिदिएका थिए । त्यसअघि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले संसद भङ्ग गर्नुभएको थियो ।

पाकिस्तानमा बढ्दो आर्थिक सङ्कट र भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार असफल भएको भन्दै विपक्षी दलले विरोध गर्दै आएका छन् ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:१३:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology