कुरिनघाट, २३ चैत । चितवनको इच्छाकामना गाउँपालिका ३ कुरिनघाट स्थित दारेचोक आमा समूहको नव निर्मित भवनको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले समुद्घाटन गरेको छ।
२०५१ सालमा स्थापना भएको दारेचोक आमा समूहले पछिल्लो क्रममा स्थानिय तहको आर्थिक सहयोग तथा आमा समुहको सदस्यहरुको सहयोगमा आमा समुह भवनको निर्माण गरेको थियो।
भवन समुद्घाटन समारोहमा आमा समूहका अध्यक्ष बेलि श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा अध्यक्षहरु गोवर्धन अधिकारी, बम बहादुर थापा, कार्यवाहक अध्यक्ष मुक्ती प्रसाद सिलवाल तथा गाउँ पालिका प्रबक्ता साबित्री गुरुङ लगायतको उपस्थित रहेको थियो।