रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ७१ लाखभन्दा बढी युक्रेनी नागरिक आन्तरिक रुपमा विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले जनाएको छ। उनीहरू आफ्नो घर छाडेर भागेको तर, देशमै रहेको राष्ट्रसङ्घको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी सङ्गठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो। रूसले गत फेबु्रअरी २४ मा यूक्रेनमाथि आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन्।
आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रवारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।
यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ।झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्वी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन्।