Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आइपिएल २०२२ मा बेंगलोरको दोस्रो जित

आइपिएल २०२२ मा बेंगलोरको दोस्रो जित

images

एजेन्सी

२३, चैत्र २०७८
आइपिएल २०२२ मा बेंगलोरको दोस्रो जित
images

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

बेंगलोरको जितमा विकेटकिपर दिनेश कार्तिकले सर्वाघिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए ।

राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए । शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०८:१७:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology