Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

औषधिको चरम अभाव भएपछि श्रीलङ्कामा स्वास्थ्य संकटकाल घोषणा 

औषधिको चरम अभाव भएपछि श्रीलङ्कामा स्वास्थ्य संकटकाल घोषणा 

images

एजेन्सी

२२, चैत्र २०७८
औषधिको चरम अभाव भएपछि श्रीलङ्कामा स्वास्थ्य संकटकाल घोषणा 
images

औषधिको चरम अभाव भएपछि श्रीलङ्कामास्वास्थ्य संकटकाल घोषणा गरिएको छ । यसअघि फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको सरकारले आजदेखि स्वास्थ्य संकटकाल घोषणा गरेको हो ।

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जिएमओए)ले आपत्कालिन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपत्कालिन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

जिएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले स्वास्थ्य सङ्कटकाल घोषणा बिरामीको जीवन रक्षाका लागि गरिएको बताउनुभएको छ । बैठकमा जिएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १८:०६:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology