Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भारतका ६३ लाख ९१ हजार मानिसमा कोरोना सङ्क्रमण पुष्टि, ९९ हजार भन्दा धेरैको ज्यान गयो

भारतका ६३ लाख ९१ हजार मानिसमा कोरोना सङ्क्रमण पुष्टि, ९९ हजार भन्दा धेरैको ज्यान गयो

एजेन्सी

१६, आश्विन २०७७
भारतका ६३ लाख ९१ हजार मानिसमा कोरोना सङ्क्रमण पुष्टि,  ९९ हजार भन्दा धेरैको ज्यान गयो
images

काठमाण्डौं, १६ असोज
भारतका ६३ लाख ९१ हजार मानिसमा कोरोना पुष्टि भएको छ। यो खबर तयार पार्दासम्म भारतमा ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ। गएको २४ घण्टामा मात्रै त्यहाँ साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ भने एक हजार ९६ जनाको ज्यान गएको छ। 
भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ।

images
images

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ। जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ। सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०८:११:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology