श्रीलङ्काको कोलम्बोमा कफ्र्यू लगाइएको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्कामा प्रदर्शनकारी हिंसात्मक गतिविधिमा उत्रिएपछि गएरातिदेखि कफ्र्यु लगाउन परेको कोलम्बो टाइम्सले खबर लेखेको छ ।
राष्ट्रपति गोटाबाया राजपाक्षेको निवास जाने बाटोलाई प्रदर्शनकारीहरुले बन्द गराएका थिए। आर्थिक संकटको मुद्दालाई लिएर भएको राजनीतिले मुलुक थप संकटतिर धकेलिन थालेको खबरमा उल्लेख छ । आन्दोलनकारीले राष्ट्रपतिको राजीनामालाई मुख्य माग बनाएका छन् ।