Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

images

इच्छाकामना न्युज

१७, चैत्र २०७८
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना
images

चितवन, १७ चैत । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हाल भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले आज प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज राति पनि प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि प्रदेश १ को थोरै र बाग्मती तथा गण्डकी प्रदेशका एकदुइ स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । तर ठूलो पानी पर्ने सम्भावना तत्कालका लागि नरहेको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:२५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology