Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आइपिएल २०२२ मा बेङ्लोरको पहिलो जित

आइपिएल २०२२ मा बेङ्लोरको पहिलो जित

images

एजेन्सी

१७, चैत्र २०७८
आइपिएल २०२२ मा बेङ्लोरको पहिलो जित
images

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोरले कोलकाता नाइड राइडर्सलाई तीन विकेटले हराएको छ ।

बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य बेङ्लोरले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो । बेङ्लोरका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।

कोलकाताका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको कोलकाताले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो ।

कोलकाताका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए ।

कोलकातालाई सस्तैमा समेट्न बेङ्लोरका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:०८:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology