Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिला खेलाडीको विषयमा फिफाको महत्वपूर्ण निर्णय 

महिला खेलाडीको विषयमा फिफाको महत्वपूर्ण निर्णय 

एजेन्सी

२०, मंसिर २०७७
महिला खेलाडीको विषयमा फिफाको महत्वपूर्ण निर्णय 
images

विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले महिला खेलाडीका लागि निकै नै आवश्यक तथा महत्वपूर्ण निर्णय गरेको छ, जसलाई फिफा आफैंले महिला खेलाडीका लागि कोशेढुंगा भनेर परिभाषित गरेको छ। हिजोको बैठकले अन्तराष्ट्रिय श्रम सन्धी ऐनअनुसार महिला खेलाडीको गर्भवती र सुत्केरी समयमा क्लबले हेरचाह गर्नुपर्ने व्यवस्थालाई पारित गरेको छ र अब कार्यान्वयनमा जानेछ। यो व्यवस्था नोभेम्बरमा फिफा फुटबलको बैठकमा प्रस्ताव गरिएको थियो र हिजो पारित गरिएको हो। 
नयाँ व्यवस्थाअनुसार महिला खेलाडीलाई गर्भ रहेदेखि नै क्लबले विशेष हेरचाह गर्नुपर्नेछ। उनीहरुलाई जोखिम हुने काममा लगाउन पाइने छैन बरु समय समयमा चिकित्सकीय सल्लाह र पोषणको व्यवस्था गर्नुपर्नेछ। खेलाडीले कम्तिमा १४ साताको बिदा पाउनुपर्छ र त्योमध्ये ८ साता सुत्केरी भएपछिको समयलाई गणना गर्नुपर्नेछ। 
यसबीचमा क्लबले सम्झौताअनुसारको सुविधाको कम्तिमा २ तिहाइ भुक्तान गर्नुपर्ने हुन्छ। सम्झौता अवधि बाँकी रहेको अवस्थामा महिला खेलाडी सुत्केरीपछि क्लबमा फर्कन पाउनेछन् र उनीहरुको करिअर र क्षमतामा क्लबले नजरअन्दाज गर्न पाउने छैन। 
फिफा काउन्सिल बैठकले ७१ औं फिफा कंग्रेस सन् २०२१ को मे महिनामा गर्ने निर्णय पनि गरेको छ।

images
images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०९:३०:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology