Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको गण्डकी गाउँपालिकाद्वारा महिलाहरुको आयआर्जनका लागि ३ दिने क्षमता विकास तालिम संचालन

गोरखाको गण्डकी गाउँपालिकाद्वारा महिलाहरुको आयआर्जनका लागि ३ दिने क्षमता विकास तालिम संचालन

images

इच्छाकामना न्युज

१५, चैत्र २०७८
गोरखाको गण्डकी गाउँपालिकाद्वारा महिलाहरुको आयआर्जनका लागि ३ दिने क्षमता विकास तालिम संचालन
images

बिशालटार, १५ चैत । महिलाहरुको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले गोरखाको गण्डकी गाउँपालिकाद्वारा ३ दिने क्षमता विकास तालिम संचालन गरिएको छ। गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सोमबार देखि धादिङको विशालटारमा तालिम संचालन गरिएको हो। 

277298063_647690392989997_1018839995126219249_n.jpg

बुधबारसम्म संचालन हुने तालिममा अधिकारकर्मी इन्द्रराज भट्टराईले कानूनमा महिला अधिकारसँगै नेपालमा लैंगिक हिंसा र मानव बेचबिखन न्यूनीकरण, सामाजिक न्याय र समानता एवं दिगो विकासका बारेमा सहजीकरण गरेको थियो।

277291674_1959982260853127_331151836638510277_n.jpg

गण्डकी गाउँपालिका वडा नं. ८ को वडाध्यक्ष तुलसी रेग्मीको अध्यक्षता र नेपाल चेपाङ संघ केन्द्रीय समिति शिक्षा  विभाग  संयोजक तिलक चेपाङ अतिथिको रुपमा रहेको कार्यक्रममा गण्डकी गाउँपालिकाका ५० जना महिलाहरुको सहभागिता रहेको छ। 

277279979_2828130997479781_6093649446512415123_n.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - २३:१५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology