Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्यो, मौसमविद्लाई प्रश्नः बिहानैदेखि तुवाँलो किन ?

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्यो, मौसमविद्लाई प्रश्नः बिहानैदेखि तुवाँलो किन ?

images

इच्छाकामना न्युज

१५, चैत्र २०७८
काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्यो, मौसमविद्लाई प्रश्नः बिहानैदेखि तुवाँलो किन ?
images

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ ।

‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परीणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले न्युज कारखानासँग भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ । तत्काल सम्भावना देखिँदैन ।’ पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए । वायुमण्डलमा रहेका धुलोका कण सोहर्‍न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ ।

उपत्यकामा हाल स्थानीय वायु त छ । तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा तुवाँलो लागेको हो । उनका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना पनि छैन । ‘आज र भोलि पनि काठमाडौंको मौसममा खासै सुधार हुने देखिँदैन,’ उनले भने । महाशाखाका हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकिका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू९भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०८:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology