Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखाको शहिदलखन गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण

गोरखाको शहिदलखन गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण

इच्छाकामना न्युज

१५, आश्विन २०७७
गोरखाको शहिदलखन गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण
images

शहिदलखन, १५ असोज
गोरखाको शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गर्न सुरु गरेको छ।
आर्थिक पारदर्शिता र शुसासन कायम गराउन भन्दै  गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट बितरण थालेको हो। सामाजिक सुरक्षा भत्ता पाउन योग्य तीन हजार एक सय ९१ जनाको करिब तीन करोड ९० लाख रुपैयाँ बैंक मार्फत पठाएको गाउँपालिकाले जनाएको छ ।

images
images

‘हरेक वडामा पाएक पर्ने गरी बैंक मार्फत सामाजिक सुरक्षा रकम बितरण सुरु गरेका छौँ’ गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने । उक्त गाउँपालिकामा यस अघि समाजिक सुरक्षा रकम वडा कार्यालय मार्फत बितरण भएको थियो । ‘यो चौमासिक असार देखि कात्तिक सम्मको सामाजिक सुरक्षा रकम बैंक मार्फत दिन थालेका हौँ’ थापाले भने ।

वडा नम्बर १, २, ३ र ४ को ग्लोबल आइएमी बैंक मार्फत र ५, ६, ७, ८ र ९ को प्राईम बैंक मार्फत बितरण गरिने उनले बताए । ग्लोबल आइएमई बैंकको शाखा मनकामना, कुरिनटार, गोरखा र खैरेनीमा रहेको छ भने प्राईम बैंकको गाउँपालिका केन्द्र, गोरखा सदरमुकाममा रहेको छ । ‘धेरै ठाउँमा शाखा रहेको बैंक भएकाले सामाजिक सुरक्षा भत्ता लिन स्थानीयलाई पाएक पर्ने गरी ब्यवस्थापन गरेका छौँ’ उनले भने ।

९० वर्ष उमेर माथिका वृद्ध र पूर्ण अपाङ्गता भएकालाई बैंकले घरैमा गएर सामाजिक सुरक्षा रकम बितरण गर्ने सम्झौता भएको गाउँपालिकाका पञ्जिकरण अपरेटर सोम आलेले बताए ।

७० वर्ष माथिका सबै, ६० वर्ष माथिका दलित, एकल महिला, ५ वर्ष मुनिका दलित बालवालिका र पूर्ण अपाङ्गता भएकाहरुलाई अहिले स्थानीय तहले सामाजिक सुरक्षा रकम बितरण गर्दै आएको छ । घटना दर्ता चुस्त राख्न, दोहोरोपन आउन नदिन पञ्जिकरण बिभागले सामाजिक सुरक्षा भत्ता बितरण बैंकबाट गर्न पटक–पटक ताकेता गर्दै आएको छ ।

 

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २२:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology