Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

व्यवसायिक कागती र बेसार खेतीमा सक्रिय हुँदै मनकामना आरुबोटका महिलाहरु

व्यवसायिक कागती र बेसार खेतीमा सक्रिय हुँदै मनकामना आरुबोटका महिलाहरु

images

पत्रपत्रिका

१२, चैत्र २०७८
व्यवसायिक कागती र बेसार खेतीमा सक्रिय हुँदै मनकामना आरुबोटका महिलाहरु
images

मनकामना, १२ चैत । गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ आरुबोटका महिलाहरु व्यवसायिक रुपमा कागती तथा बेसारखेतीमा लागेका छन् । आर्थिक आयआर्जन बढाउनका लागि बाँझो जमिनहरु व्यवसायिक रुपमा कागती तथा बेसार खेती सुरु गरेका हुन् ।

जनजागृति महिला कृषक समुहमा आवद्ध २५ जना महिलाहरुले कागती खेती र बेसार खेती सुरु गरेको स्थानीय शिवजी थापाले बताए । महिला कृषक समूहले कागतीको नर्सरी स्थापना गर्नुका साथै नर्सरीमा सातहजार भन्दा बढी विरुवाहरु रोप्नका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

सबै युवाहरुको विदेश पलायनपछि काम गर्ने जनशक्ति अभावमा बषौंसम्म बाँझो रहेको तथा अन्य खेती गर्दै आएको जग्गामा उनीहरुले कागती र बेसार खेती सुरु गरेका हुन् । हाल १२५ रोपनी जग्गामा दुईहजार भन्दा बढी बाह्रमासे कागती (सुनकागती प्रजाति) लगाएका छन् । कागती खेतीसँगै अन्तरबालीको रुपमा बेसार खेतीसमेत गरिएको छ । कागती खेती गर्नका लागि विभिन्न तालिम, वस्तुगत सहयोग, सिँचाई सुविधा विस्तार आदिमा सहयोग भएको स्थानीय शिवजी थापाले बताए ।

गैंडाकोटस्थित सहमति संस्था र लुथरन वल्र्ड रिलिफको साझेदारी परियोजनामार्फत गाउँपालिकाको समन्वयमा आरुबोट गाउँलाई व्यवसायिक रुपमा कागतीखेती विशेष क्षेत्र बनाउने गरी समुदायलाई आर्थिक तथा प्राविधिक सहयोग गरिएको सहमति संस्थाका परियोजना संयोजक शिव सुवेदीले बताए ।

महिलाहरुलाई उद्यमी बनाई पारिवारिक आयआर्जनमा सहयोग पुग्ने गरी कृषि उपज बजारीकरणका लागि रामशाहघाटस्थित दरौंदी नदी किनारमा साप्ताहिक हाटबजार प्रवद्र्धन गर्न गाउँपालिकासँगको समन्वयमा सहमति संस्थाले सहजीकरण सहयोग गर्दै आएको नयाँपुल कृषिउपज बजार उपभोक्ता सहकारी संस्था लिका अध्यक्ष झक्कल थापाले बताए ।

हाटबजारमा साना किसानहरु आप्mनो उत्पादन आफै या व्यापारीमार्फत् कृषि उत्पादन बिक्री गर्ने प्रबन्ध गरिएको छ । उक्त हाटबजारबाट गाउँपालिकाका ५० जनाभन्दा बढी कृषकहरु प्रत्यक्ष लाभान्वित हुदै आएको छ । साथै हालसम्म ७ करोडभन्दा बढीको स्थानीय कृषिउपजको व्यापार भएको थापाले जानकारी दिए ।

हाटबजारबाट कृषिउपज बिक्रीका लागि सहज भएपछि १५० जनाभन्दा बढी किसानहरु व्यवसायिक कृषि र पशुपालनमा लाग्नुका साथै एक हजार रोपनीभन्दा बढी क्षेत्रमा व्यवसायिक खेतीको विस्तार भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।

गत सोमबार शहीदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा तथा सहमति संस्थाका कोषाध्यक्ष बेलप्रसाद पौडेल र लाभान्वित समुदायसहित आरुबोटमा भए गरेका जीविकोपार्जन गतिविधिको संयुक्त रुपमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा जनजागृति महिला समुह तथा आरुबोटका अगुवा पुरुषहरु समेतको सहभागितामा कोभिड १९ ले आयआर्जनमा पारेका समस्या, थपिएका चुनौती समाधानका उपाय, खोपको पहुँच तथा कृषि उपज बजारीकरणका लगायत विषयमा पनि छलफल भएको थियो ।

कागती नर्सरी, व्यवसायिक तरकारी खेती, बाख्रापालन एवं कागती खेती गरिएको बारीमै पुगेर किसानहरुसँग समस्या र समाधानका उपाय बारे छलफल गरिएको जनजागृति महिला कृषक समुहकी अध्यक्ष रेक्सोना दर्लामीले जानकारी दिइन । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २२:३५:१९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology