Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पिर गीत विवादमा परेपछि प्रकाश सपुतले भने- 'म समाजबाट परिचालित छु'

पिर गीत विवादमा परेपछि प्रकाश सपुतले भने- 'म समाजबाट परिचालित छु'

इच्छाकामना न्युज

१०, चैत्र २०७८
पिर गीत विवादमा परेपछि प्रकाश सपुतले भने- 'म समाजबाट परिचालित छु'
images

काठमाडौं, १० चैत । गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् ।

images
images

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताएका हुन् ।
विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको जवाफ दिए ।

भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उनको भनाइ छ ।

 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १७:४६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology