Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी केन्द्रका नेता बर्षमान पुनको आक्रोशः काँग्रेसका नेताले विचार गरेर बोल्नू, सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

माओवादी केन्द्रका नेता बर्षमान पुनको आक्रोशः काँग्रेसका नेताले विचार गरेर बोल्नू, सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

इच्छाकामना न्युज

४, चैत्र २०७८
माओवादी केन्द्रका नेता बर्षमान पुनको आक्रोशः काँग्रेसका नेताले विचार गरेर बोल्नू, सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं
images

बुटवल, ४ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्। तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश पोखे।

images
images

उनले माओवादी केन्द्र र सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए। पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न सचेत गराए।

‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

उनले चुनावी गठबन्धनविरूद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाए।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:१४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology