Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

होलीको दिन मुग्लिन र आसपासका राजमार्गमा भएको दुर्घटना परि ३ जना घाईते

होलीको दिन मुग्लिन र आसपासका राजमार्गमा भएको दुर्घटना परि ३ जना घाईते

images

इच्छाकामना न्युज

३, चैत्र २०७८
होलीको दिन मुग्लिन र आसपासका राजमार्गमा भएको दुर्घटना परि ३ जना घाईते
images

मुग्लिन, ३ चैत । हाइवे क्षेत्रको विभिन्न ठाउमा आज भएको दुर्घटना ३ जना घाइते भएका छन् । आज विहान मोटरसाइकलको ठक्करबाट मुग्लिका एक स्थानीय बालक गम्भीर घाइते भएका हुन् । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको बा ७१ प ७८९१ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा मुग्लिनका स्थानीय वर्ष १२ का विशाल श्रेष्ठ घाइते भएका हुन् । उनको भरतपुर स्थित रहेको नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

त्यस्तै काठमाडौबाट मुग्लिन तर्फ आउदै गरको ना ६ ख ६५१० नम्बरको ट्रकले सोही दिशाबाट आउदै गरेको ग ९ प ९०२१ नम्बरको मोटरसाइकललाई घोप्टेभिर नजिकै ठक्कर दिदा मोटरसाइकलमा सवार एक महिला घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा गोरखा पालुङ्गटारकी वर्ष २८ की रश्मी श्रेष्ठ रहेको बताइएको छ । बाया खुट्टामा चोट लागेको उनलाई मुग्लिन हाइवे हस्पिटलमा उपचारपछि थप उपचारको लागि भरतपुर स्थित रहेको पुरानो मेडिकल कलजे पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

त्यस्तै मुग्लिन बाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४१३१ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको बा ८३ प २६०० नम्बरको स्कुटरलाई ज्यामिरेघाट धादिङ्गमा ठक्कर दिदा स्कुटर चालक घाइते भएको इलाका प्रहरी कार्यालय मझिमटारका प्रहरी नायाव निरिक्षक विष्णु बहादुर नेपालीले जनाएको छ । दुर्घटनमा परि घाइते हुनेमा चितवन जिल्ला इच्छाकामना गाउपालिका वडा नं. ५ मुग्लिनका किरण गुरुङ्ग रहेको छ । उनको उपचारको लागि भरतपुर पठाइएको र ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - १९:०१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology