Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै 

साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै 

images

एजेन्सी

१, चैत्र २०७८
साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै 
images

साफ १८ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ । भारतको जमसेदपुरमा सुरु हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्ने भएको छ ।

नेपाल र भारतबीचको खेल साँझ ७ः१५ मा सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

भारत पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ भने मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०९:०५:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology